Logo ११ आश्विन २०८३, आइतबार | Mon Sep 28 2026


अक्सफोर्ड विश्वविद्यालयले तयार गर्‍यो कोरोना विरुद्धको खोप, डब्ल्युएचओले दियो बधाई


0
Shares

काठमाडौं । बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कोरोना भाइरस बिरुद्ध अक्सफोर्ड बिश्वविद्यालयका बैज्ञानिकहरुले भ्याक्सिन तयार पारेकोमा उनीहरुलाई धन्यबाद र बधाई दिएको छ ।

डब्ल्युएचओका प्रमुख डा.टेड्रोस एदनहोम गेबे्रयासिसले बिश्वका बैज्ञानिहरुले कोरोनाका लागि भ्याक्सिन बनाउनु सकारात्मक भन्दै भ्याक्सिनले सफलता पाउनुपर्नेमा जोड दिनुभयो ।

कोरोना भाइरसका लागि हालसम्म बिश्वमा २३ प्रकारको भ्याक्सिन बनेको भन्दै उहाँले भ्याक्सिन पहुँच हुनेले मात्रै प्रयोग गर्ने हुनाले क्षमता नहुनेले भ्याक्सिन प्रयोग गर्न बाट बन्चित बन्नु परेको दुखद पक्ष भएको बताउनुभयो ।

यसैबीच डब्ल्युएचओका कार्यक्रम निर्देशक डाक्टर माइक रेयानले जेनेभामा पत्रकार सम्मेलन गरी कोभिड १९ को महामारी अझै जारी रहेको बेला यस विरुद्ध लड्नु चुनौतीको रुपमा रहको भन्दै बिश्वको ध्यानकेन्द्रित गर्नुभएको छ ।

भ्याक्सिनको नाममा राजनिती हुनु ठीक नभएको भन्दै उहाँले बिश्वभरका बैज्ञानिकहरुको प्रयासको प्रशंसा गर्दै आगामी दिनमा कोरोनोको लागि सही भ्याक्सिन तयार पार्नमा सफलता मिलोस भन्ने कामना पनि गर्नुभएको छ । एजेन्सी

बिश्वभर कोरोनाका कारण हालसम्म ६ लाख १३ हजार १ सय बढीको मृत्यु भइसकेको छ भने १ करोड ४८ लाख भन्दा बढी संक्रमित छन् ।

जसमा अमेरिकामा मात्रै कोरोनाका कारण १ लाख ४३ हजार ८ सय बढीको मृत्यु भइसकेको छ । त्यहाँ संक्रमितको संख्या ३९ लाख ६१ हजार बढी पुगेको छ ।