बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध • Image Khabar Image Khabar


बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध


Imagekhabar
५ श्रावण २०७७, सोमबार ०९:०५

बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध

काठमाडौं । गण्डकी प्रदेश अन्र्तगतको बेनी–जोमसोम–कोरला सडकखण्ड ११ दिनदेखि अवरुद्ध छ । सडक अवरुद्ध हुँदा हिमालपारिको जिल्ला मुस्ताङ सडक सम्पर्कबाट विच्छेद भएको छ ।

गत असार २५ गतेदेखि परेको अविरल वर्षाका कारण दानको काभ्रेभीर, घोप्टे भीर, गुइँठे भीरलगायत ठाउँहरुमा पहिरोले सडक बगाएपछि सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

सडक खुलाउन नेपाली सेना, बेनी–जोमसोम सडक आयोजना र सडक निर्माण कम्पनीले काम गरिरहे पनि सञ्चालन हुन सकेको छैन ।

लगातारको वर्षा, भिरालो जमिन, भूमिगत पानी र कमजोर भू–वनावटका कारण ढुंगामाटोसहितको लेदो पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्