Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


इरानी विदेशमन्त्री एक दिने इराक भ्रमणमा, दुई देशको व्यापार विस्तार बारे छलफल


0
Shares

काठमाडौं । इरानी विदेशमन्त्री मोहम्मद जावद जरिफ एक दिने औपचारिक भ्रमणमा इराक पुग्नुभएको छ ।

इराकसँगको द्विपक्षीय सम्बन्ध र क्षेत्रीय स्थितिका बारेमा छलफल गर्न विदेशमन्त्री जरिफ इराकको एक दिने औपचारिक भ्रमणमा पुग्नभएको हो ।

दुवै विदेशमन्त्रीले मध्य बग्दादस्थित अति सुरक्षित ग्रिन जोन नजिकै रहेको इराकी विदेश मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलनसमेत गर्नुभएको छ ।

त्यस अवसरमा इराकी विदेशमन्त्री हुसेनले दुवै नेताबीच द्विपक्षीय सम्बन्धका साथै कोरानाका कारण उत्पन्न स्वास्थ्य समस्याका कारण स्थगित भएको दुई देशबीचको व्यापार पुनः सुरु गर्ने बारेमा छलफल भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

इरानी विदेशमन्त्री जरिफले इरान–इराक सम्बन्धलाई कसैले तोड्न नसक्ने बताउँदै सुदृढ एवं सक्षम इराकको निर्माणले क्षेत्रीय सन्तुलन कायम गर्न मद्दत पुग्ने बताउनुभयो ।

उहाँले खाडी क्षेत्रमा इराकले सक्रिय भूमिका निर्वाह गर्ने इरानी चाहना रहेको पनि स्पष्ट पार्नुभयो । मन्त्री जरिफले इस्लामिक स्टेट समूहबाट अझै पनि गम्भीर सुरक्षा चुनौती रहेको पनि बताउनुभो ।

एक दिने भ्रमणका क्रममा मन्त्री जरिफले इराकी उच्च पदाधिकारीहरुसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । उहाँले स्वदेश फर्कनुअघि कुर्दिस नेताहरुसँग अर्ध–स्वायत्त कुर्दिस्तानमा भेटघाट गर्नुहुने बताइएको छ । एजेन्सी