Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


जोगवनी भन्सारमा राजस्व घट्यो : ६ अर्ब ९५ करोड ७५ लाख रुपैंयाँ मात्र संकलन


0
Shares

विराटनगर । मोरङको विराटनगरस्थित जोगवनी भन्सारले आर्थिक वर्ष २०७६/७७ मा कुल ६ अर्ब ९५ करोड ७५ लाख ७२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

सो अवधिमा १० अर्ब १२ करोड ५९ लाख दुई हजार राजस्व संकलन गर्ने लक्ष्यमा राखिएको थियो ।

यो लक्ष्यभन्दा तीन अर्ब १६ करोड ८३ लाख ३० हजार रुपैयाँ कम हो । अघिल्लो वर्षको तुलनामा १५ करोड ५४ लाख १६ हजार कम राजस्व संकलन भएको कार्यालय प्रमुख दिलीप सापकोटाले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४/०७५ मा पाँच अर्ब २१ करोड ३३ लाख २२ हजार र आर्थिक वर्ष २०७५/०७६ मा सात अर्ब १३ करोड ७८ लाख २४ हजार राजस्व संकलन भएको थियो ।

तुलनात्मक रुपमा हेर्दा आर्थिक वर्ष २०७४/०७५ को भन्दा एक अर्ब ७४ करोड ४२ लाख ५० हजारले बढी राजस्व संकलन भएको छ भने आर्थिक वर्ष २०७५/०७६ को हिसाबले हेर्दा १५ करोड ५४ लाख १६ हजारले कम राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७६/७६ मा संकलित राजस्वमा आयकर दुई अर्ब ६४ करोड ६४ लाख ५७ हजार, मूल्यअभिवृद्धि कर एक अर्ब ८५ लाख ७३ लाख २३ हजार, अन्तःशुल्क दुई अर्ब ४५ करोड २६ लाख ६२ हजार, स्वास्थ्य कर ६१ हजार र शिक्षा कर १० लाख ६९ हजार छन् ।

सरकारले गत चैत ११ गतेबाट घोषणा गरेका लकडाउनको प्रभाव सबैभन्दा बढी अन्तःशुल्कमा परेको देखिएको छ भने जसले गर्दा लक्ष्य हासिल गर्न नसकेको हो ।