राष्ट्र बैंकको ११ महिनाको तथ्याकं सार्वजनिक, विप्रेषण आप्रवाह ३ प्रतिशतले घट्यो • Image Khabar Image Khabar


राष्ट्र बैंकको ११ महिनाको तथ्याकं सार्वजनिक, विप्रेषण आप्रवाह ३ प्रतिशतले घट्यो


Imagekhabar
२ श्रावण २०७७, शुक्रबार १९:०७

राष्ट्र बैंकको ११ महिनाको तथ्याकं सार्वजनिक, विप्रेषण आप्रवाह ३ प्रतिशतले घट्यो

काठमाडौं, साउन २ । जेठ महिनामा विप्रेषण आप्रवाह ३ प्रतिशतले घटेको छ ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७६/०७७ को ११ महिनाको तथ्यांकअनुसार जेठ महिनामा रेमिट्यान्स ३ प्रतिशतले कमी आई ७ खर्ब ७४ अर्ब कायम भएको हो ।

अघिल्लो वर्षको सोही अवधिमा १७ दशमलव ५ प्रतिशले बढेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसै अवधिमा खाद्य तथा पेय पदार्थ तथा गेडागुडी तथा फलफूलको मूल्य वृद्धि भएको छ ।

यस अवधिमा उपभोक्त मुद्रास्फिति ४ दशमलव ५४ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

अघिल्लो वर्षको सोही अवधीमा ६ दशमलव १६ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०७६÷०७७ को एघार महिनामा कुल वस्तु निर्यात शुन्य दशमलव २ प्रतिशतले वृद्धि भई ८८ अर्ब पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

यो वर्ष वस्तुगत आधारमा यो वर्ष पाम तेल, आयुर्वेदिक औषधि प्लाष्टिकका भाडा लगायतका वस्तुको निर्यात बढेको छ भने तार, धागो, गलौंचा, तयारी पोशाकको वस्तुको निर्यात घटेको छ ।

अघिल्लो वर्षको यसै अवधिमा १७ दशमलव ५ प्रतिशतले बढेको थियो ।

प्रतिक्रिया दिनुहोस्