
फाइल तस्वीर
लमजुङ । लमजुङको क्वारेन्टिनमा बसेका युवा मृत भेटिएका छन् । ब्क्होलासोथर गाउँपालिका–९ गिलुङस्थित बुद्धोदय माविको क्वारेन्टिनमा बसेका २३ बर्षिया युवराज घर्ती मृत अवस्थामा भेटिएका हुन् ।
घर्ती बिहीबार राती झुण्डिएको अवस्थामा फेला परेको लमजुङ प्रहरी प्रमुख डिएसपी गंगाबहादुर थापाले जानकारी दिनुभयो । ब्क्होलासोथर गाउँपालिका ६ स्थायी घर भएका उनी गत असार ३१ गते बुटवलवाट घर आएका थिए ।
बिहीबार दिउसो मात्र उनलाई क्वारेन्टिनमा राखिएको थियो । क्वारेन्टिनमा घर्ती मात्र बसेका थिए । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिएकोले थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्