१९ बैशाख २०८२, शुक्रबार | Fri May 2 2025


स्थायी कमिटि बैठक अघि अध्यक्षद्वय दाहाल र ओलीबीच छलफल हुने


0
Shares

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल हुँदैछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधामन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालबीच स्थायी समिति बैठक सुरु गर्नु अघि केन्द्रीय कमिटी बैठक बोलाउने विषयमा छलफल हुने बताइएको छ ।

पूर्व निर्धारित समयअनुसार स्थायी कमिटीको बैठक ११ बजे बस्ने भनिएको छ भने दुई अध्यक्ष बीचको भेटवार्ताको समय भने टुंगो लागेको छैन ।

नेकपाभित्रको विवाद स्थायी कमिटीबाट समाधान हुन नसकेपछि ओली इतर समूह केन्द्रीय कमिटी बैठक बोलाउनुपर्ने निष्कर्षमा पुगेको हो ।