Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


धादिङमा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु


0
Shares

धादिङ । नीलकण्ठ नगरपालिका वडा नम्वर–८ बगैँचामा गएराति भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका वडा नम्वर–९ का २६ बर्षीय रामहरि लम्सालको मृत्यु भएको प्रहरीले जनाएको छ ।

धादिङबेशीबाट पाल्पा भञ्याङ जाँदै गरेको अवस्थामा मोटरसाईकल सडकबाट करिव ३० मिटर तल खसेको थियो । घाइते भएका उहाँको उपचारको क्रममा मृत्यु भएको हो ।