
काठमाडौं । आफ्नो महत्वपूर्ण उपलब्धीहरुको प्रतिवेदन पारित गर्दै नेपाल वन निगम लिमिटेडले बुधबार आठौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
संचालक समितिका अध्यक्ष एवं वन तथा वातावरण मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीको अध्यक्षतामा भएको सभामा चुक्ता शेयर पुँजीलाई सवल र दरिलो बनाउन चुक्ता शेयर पूँजीको ७९ दशमलव ६५ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ ।
साधारणसभाले सञ्चालक समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७५/७६ को वासलात तथा नाफानोक्सान हिसाब र लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गरी अनुमोदन गरेका छ ।
सभामा निगमका प्रमुख कार्यकारी अधिकृत प्रकाश लम्सालले स्वागत मन्तब्य राख्दै निगमले आगामी दिनमा अझै प्रभावकारी कार्यहरु गर्दै अघि बढ्ने दृढता ब्यक्त गर्नुभएको थियो ।
सरकारले केही समय अघि दी टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेड (टीसीएन) र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम लिमिटेड’ गठन गरेको हो ।
विद्यमान काठ बजारलाई व्यवस्थित गर्दै मूल्यमा एकरुपता ल्याउन र समग्र वन पैदावरको नियमनका लागि दुवै निकाय ‘मर्ज’ गरी सरकारले निगम गठन गरेको हो ।
प्रतिक्रिया दिनुहोस्