राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा आएको हैन : शेखर गोल्छा • Image Khabar Image Khabar


राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा आएको हैन : शेखर गोल्छा


Imagekhabar
३१ असार २०७७, बुधबार २०:०५

राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा आएको हैन : शेखर गोल्छा

काठमाडौं, असार ३१ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले राजनीति गर्न र फोटो झुण्डयाउन मात्र महासंघको नेतृत्वमा नआएको बताउनुभएको छ ।

महासंघको चुनावका लागि किशोर प्रधान समूहको उम्मेदवारी घोषणा समारोहमा बोल्दै वरिष्ठ उपाध्यक्ष गोल्छाले आफु राजनीति गर्न र फोटो झुण्ड्याउन नभई काम गर्न महासंघको नेतृत्वमा आएको बताउनुभएको हो ।

गोल्छाले महासंघ आफ्नो पुर्खा, पूर्व अध्यक्षहरु र सबै पदाधिकारीहरुको रगत पसिनाबाट बनेकाले त्यसलाई अझ बलियो बनाउन आफुले काम गर्ने प्रस्ट पार्नुभयो ।

अहिले पनि केही व्यक्तिहरुले ६ महिनामा अविश्वासको प्रस्ताव ल्याएर हटाउने चेनावनी दिइरहेकाले महासंघ भित्र भइरहेको गतिविधिमा सचेत हुनुपर्ने अवस्था आएको गोल्छाले बताउनुभयो ।

उहाँले राम्रो काम गर्नका लागि बलियो टिम आवस्यक रहेकोले सबै मिलेर मात्रै महासंघलाई बलियो बनाउन सकिनेमा जोड दिनुभयो ।

उहाँले कोभिड १९ ले असर पारेको अर्थतन्त्रलाई माथि उकास्न आफ्नो टिमलाई चुनौति रहेको समेत बताउनुभयो ।

महासंघको नेतृत्वमा गएपछि के काम गर्ने भन्ने विषयमा आफुले गृहकार्य गरिरहेको र छिट्टै रोडम्याप बनाई सार्वजनिक गर्ने पनि बताउनुभयो ।

उहाँले नयाँ मार्गदर्शन तयार गरेर सबैलाई साथ लिएर अगाडि बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

उहाँले अझैपनि केही व्यक्तिहरुका कारण महासंघमा बसेर काम गर्न चुनौति रहेको पनि बताउनुभयो ।

यस अघि अर्का वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले आफ्नो प्यानल घोषणा गरिसक्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्