Logo ११ असार २०८३, बिहिबार | Thu Jun 25 2026


खोलाले बगाएका बालकको शव नेपाल ल्याइयो


0
Shares

बैतडी । भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका बैतडीका बालकको शव नेपाल ल्याइएको छ ।

चमेलिया नदीमा बगेर बेपत्ता भएका डिलाशैनी गाउँपालिका ६ चौसेराका ९ बर्षीय बालक रुपेश नाथ महाकाली नदी पारी झुुलाघाटमा मृत फेला परेका थिए ।

बालकको शव नेपाल भारत सीमानाबाट हिजो साँझ ल्याईएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिनुभयो ।

बाख्रा चराउन गएका बालक चमेलिया नदीमा बगेर आएको बोत्तल समात्न खोज्दा नदीले बगाएको थियो ।