नेपालबाट बगेका बालक भारतमा मृत भेटिए • Image Khabar Image Khabar


नेपालबाट बगेका बालक भारतमा मृत भेटिए


Imagekhabar
२९ असार २०७७, सोमबार ०९:१९

नेपालबाट बगेका बालक भारतमा मृत भेटिए

बैतडी । चमेलिया नदीमा बगेर हिजो बेपत्ता भएका एक बालक भारतको झुलाघाटमा मृत फेला परेका छन् ।

बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बैतडीको डिलाशैनी गाउँपालिका– ६ चौसेराका ९ बर्षीय रुपेश नाथ मृत अवस्थामा भेटिएको जानकारी दिनुभयो ।

हिजो दिउँसो २ बजे बगेका बालक बेलुका ७ बजे महाकाली नदी पारी भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका हुन् ।

बाख्रा चराउन चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोत्तल समात्न खोज्दा बगेका गोकुलेश्वर प्रहरी चौकीका प्रहरी नायव निरीक्षक मनोजसिंह साउँदले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्