
विराटनगर । विराटनगर महानगरपालिका–१२ बखरीको सिमराही बस्तीमा बाढी पसेपछि ३० घरपरिवार विस्थापित भएका छन् ।
केही दिनदेखि परेको अविरल वर्षासँगै केसेलिया खोलामा आएको बाढीले ३० परिवारका करिव १ सय ५० जना विस्थापित भएका हुन् ।
उनीहरुलाई उद्धार गरि विराटनगरस्थित बखरी स्कूलमा राखिएको छ । विस्थापितहरुलाई महानगरपालिका र वडा कार्यालयले राहत वितरण गर्ने विराटनगर महानगरपालिका–१२ का वडा अध्यक्ष हिरालाल कामले जानकारी दिनुभयो ।
यस्तै विराटनगर–१२ सिम्राही टोलको मुसर बस्तीका दश घर र ब्रमापुराका ३ घर डुवानमा परेको प्रहरीले जनाएको छ ।
विराटनगर १२ बखरीस्थित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पनि पानी पसेको छ ।
प्रतिक्रिया दिनुहोस्