Logo १ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026


सरकार हरेक मोर्चामा असफल : डा. महत


0
Shares

काठमाडौं, असार २७ । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कोरोना महामारी र प्राकृतिक प्रकोपको भयावह अवस्थामा पनि सरकार संवेदनशील हुननसकेको आरोप लगाउनुभएको छ ।

शनिबार काठमाडौंमा नेपाल प्रेस युनियनले गरेको महामारीकाबीच अग्रपंक्तिमा खटिएर काम गर्ने सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री वितरण कार्यक्रममा डा. महतले महामारी र प्राकृतिक विपत्तिको रोकथामका लागि सरकार संवेदनशील हुननसकेको आरोप लगाउनुभएको हो ।

मनोमानी ढंगले चल्नुको परिणाम सरकार हरेक मोर्चामा असफल भएको जिकिर गर्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विस्तापित गरेर सत्तामा जान खोज्ने सत्तारुढ दल नेकपाका नेताहरुले पनि जनताका समस्या उठान गर्न नसकेको टिप्पणी गर्नुभयो ।

डा. महतले सञ्चारकर्मीको व्यावसायिक र पेसागत सुरक्षाका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने भन्दै महामारीको समयमा समस्यामा परेका सञ्चारगृहलाई पनि सरकारले राहत दिनुपर्ने धारणा राख्नुभयो ।