काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत वायर फ्रि प्लस वाइफाइ सेवाको लागि बुकिङ खुला गरेको छ ।
एनसेललले नेपालमा पहिलो पटक नवीन प्रविधिमा आधारित घरेलु तथा व्यवसायिक दुवै प्रयोजनका लागि गुणस्तरिय र भरपर्दो विभिन्न आकर्षक सेवाको बन्डलिङ सहित वायरफ्रिप्लस वाइफाइ ल्याउन लागेको जनाएको छ ।
यो सेवाअन्तर्गत ग्राहकले प्रत्येक सिममा ५ जिबी डेटा, एनसेल नेटवर्क भित्र हरेक महिना ४२५ मिनेट टक टाइम र मोबिप्लेक्स लगायतका प्याकेज लिन सक्ने कम्पनीले जनाएको छ ।
प्याकेजको समय सीमा अनुसार ग्राहकले एक पटक मात्र ५००, २,५०० वा ३,५०० तिर्नु पर्दछ ।
४ सय २० दिनको समयसिमा रहेको प्याकेजको हकमा शुल्क छुट गरिएको कम्पनीले जनाएको छ ।
यी प्याकेजहरु अन्तर्गत पाइने सेवाहरु हरेक ३० दिनको साइकलमा प्राप्त हुने कम्पनीले उल्लेख गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्