५ फाल्गुन २०८१, सोमबार | Mon Feb 17 2025


कास्की पहिरोमा परी मृत्यु हुनेको संख्या ७ पुग्यो, ८ जना घाइते (अपडेट)


0
Shares

पोखरा, असार २६ । कास्कीको पोखरा सराङकोट र हेम्जामा पहिरो जाँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । अरु ८ जना घाइते भएका छन् ।

पोखरा १८ सराङकोटको गोठादीमा घर माथिको सडक भत्किँदा आएको पहिरोले टंकबहादुर थापाको घर बगाउँदा एउटै घरमा रहेका १० जना पहिरोमा परेका हुन् ।

थापाको घर पहिरोमा पर्दा थापासहित उनकी श्रीमती सोममाया, दुई नाती र छिमेकी इशीका थापाको मृत्यु भएको कास्की प्रहरीका प्रवक्ता सुवास हमालले जानकारी दिनुभएको छ ।

बाँकीलाई स्थानीय र प्रहरीको संक्रियतामा अस्पताल लगिएको र मणिपाल अस्पतालमा उपचार भइरहेको हमालले जानकारी दिनुभयो ।

राती जन्मदिन मनाउन अरु पाहुनासमेत आएकाले घरमा कति जना थिए भन्ने खुल्न सकेको छैन । हराइरहेको आशंकामा प्रहरीले खोजी जारी राखेको छ ।

त्यसैगरी पोखरा २५ हेम्जामा रामचन्द्र अधिकारीको घर पछाडीबाट आएको पहिरोमा परी उहाँकी ७० वर्षीया आमा हिमकला अधिकारीको मृत्यु भएको छ ।

अर्कातर्फ पोखरा–२६ मा दुर्गाबहादुर सुनारको घर भत्किएर मृत्यु भएको खबर छ ।