भारतले कुटनीतिक नोट लेखेर विरोध गर्‍यो : सभापति बिडारी • Image Khabar Image Khabar


भारतले कुटनीतिक नोट लेखेर विरोध गर्‍यो : सभापति बिडारी


Imagekhabar
२५ असार २०७७, बिहीबार १९:१८

भारतले कुटनीतिक नोट लेखेर विरोध गर्‍यो : सभापति बिडारी

काठमाडौं, असार २५ । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेर नक्सा जारी गरेकोप्रति भारतले औपचारिक कुटनीटिक पत्र पठाएर विरोध जनाएको छ ।

राष्ट्रिय सभाअन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बिहीबार बसेको बैठकमा सभापति रामनारायण बिडारीले भारतले कुटनीतिक नोट लेखेर विरोध गरेको जानकारी दिनुभयो ।

समिति सभापति बिडारीले भारतले पठाएको कुटनीतिक नोटको बारेमा परारष्ट्र मन्त्रालयले जानकारी दिएको बताउनुभयो ।

यसअघि भारत सरकारले नेपाललाई कूटनीतिक नोट पठाएर विरोध जनाएको बारे सरकारले औपचारिक जानकारी भने दिएको थिएन ।

भारतले नेपाली भूमिलाई आफ्नो भन्दै नयाँ नक्सा जारी गरेपछि नेपालको पराराष्ट्र मन्त्रालयले वार्ताको लागि तीन पटक पत्र लेखेपनि भारत सरकारले चासो दिएको थिएन ।

नेपालले विवादित भूमि कालापानी लिपुलेक र लिम्पीयाधुरासहितको नयाँ नक्सा जारी गरेपछि भने भारत सरकारले विरोध जनाउँदै कुटनीतिक पत्र लेखेको हो ।

प्रतिक्रिया दिनुहोस्