
काठमाडौं, असार २९ । नेपाल चेम्बर अफ कमर्सले प्रदेश र स्थानीय संरचना विस्तारमा जोड दिएको छ ।
यसैक्रममा चेम्बरले गोरखा चेम्बर अफ कमर्स गठन गरेको छ ।
भाइचन्द्र श्रेष्ठको नेतृत्वमा २७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।
सो अवसरमा प्रदेश नम्बर–४ प्रदेश सरकारका प्रवक्ता तथा भौतिक तथा पूर्वाधारमन्त्री रामशरण बस्नेतले गोरखालाई औद्योगिक क्षेत्र घोषणा गर्न प्रदेश सरकार तयार रहेको बताए ।
प्रदेशमा लगानीमैत्री वातावरण बनाउन सरकार गम्भीर रहेको र त्यसका लागि निजी क्षेत्रलाई ढुक्क भएर लगानी गर्नसमेत उनले आग्रह गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्