२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


शुल्क नतिर्ने अभिभावकलाई स्कुल छाड्न धम्की


91
Shares

काठमाडौं । राजधानीको छाउनीस्थित काठमाडौं भ्याली स्कुलले लकडाउनमा अभिभावकसँग वार्षिक शुल्क र मासिक शुल्क वापत ४० हजार रुपैयाँ सम्मको बील पठाएपछि विद्यालय र अभिभावकबीच टकराब बढेको छ ।

यति सम्मकी विद्यालय प्रशासनले वार्षिक र मासिक शुल्क नतिरे छोराछोरी फिर्ता लैजान समेत धम्की दिएका छन् ।यसअघि पनि विवादमा आएको सो विद्यालयका अध्यक्ष डा. स्वागत श्रेष्ठले आफुले नयाँ प्रविधिमा आधारिक अनलाईन कक्षा सञ्चालन गरेको दाबी गर्दै त्यस वापत शुल्क माग गरेको बताउनुभएको छ ।

आफुलाई सूचना प्रविधि विज्ञ र अनुसन्धान कर्ताको परिचय दिने अध्यक्ष डा. श्रेष्ठले अहिले तिर्न नसकेपनि कुनैपनि हालतमा वार्षिक शुल्क उठाएरै छाड्ने अडान राख्नुभएको छ ।

अध्यक्ष डा. श्रेष्ठ भन्नुहुन्छ – अभिभावकलाई वार्षिक शुल्क वापतको रकम अहिले तिर्न नसके पछिसम्म तिर्दापनि हुन्छ भन्ने आग्रह गरेका हौ । सो विद्यालयले कक्षा २ मा मासिक र वार्षिक शुल्क समेत गरी जेठ सम्मको २० हजार ४ सय ३३ हजार ५ सयको बील पठाएका छन् बील पठाउदा समस्या देखिने भएपछि भाइबरमा बील पठाएको एक अभिभावकले बताए ।

प्रत्येक परीक्षाबापत १ हजार रुपियाँ लिने गरेको सो विद्यालयले असार २२ बाट परीक्षा शुरु भएको जानकारी गराउँदैं विद्यालयबाट उतरपुस्तिका लैजान उर्दी जारी गरेको छ । आजको समाचारपत्रमा खबर छ ।