भारतमा कोरोना संक्रमितको संख्या करिब सात लाख • Image Khabar Image Khabar


भारतमा कोरोना संक्रमितको संख्या करिब सात लाख


Imagekhabar
२२ असार २०७७, सोमबार १३:३९

भारतमा कोरोना संक्रमितको संख्या करिब सात लाख

काठमाडौं । भारतमा गत २४ घण्टामा कोभिड–१९ का २४ हजार २४८ नयाँ बिरामी थपिएपछि संक्रमितको करिब सात लाख पुगेको छ । भारत हालसम्म कुल सक्रमितको संख्या ६ लाख ९७ हजार ४१३ जना पुगेको केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ ।

विगत २४ घण्टामा भारतमा थप २४ हजार २४८ व्यक्तिमा संक्रमण पुष्टि भएको र ४२५ संक्रमितको मृत्यु भएको मन्त्रालयद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिमा जानकारी गराइएको छ । विज्ञप्तिका अनुसार सोमबार विहानसम्म ४ लाख २४ हजार ४३२ सङ्क्रमित निको भई अस्पतालबाट घर फर्किएका छन् ।

सोमबारसम्मको विवरणअनुसार भारतमा अझै २ लाख ५३ हजार २८७ व्यक्तिले सङ्क्रमित रहेका छन् भने उनीहरू देशभरका सयौँ अस्पतालमा उपचार गराइरेहका छन् । भारतमा कोरोना भाइरसका कारण सबभन्दा बढी प्रभावित महाराष्ट्र राज्य रहेको छ र यहाँ २ लाख ६ हजार ६१९ संक्रमित रहेका छन् भने ८ हजार ८२२ जनाको मृत्यु भएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्