कोरोना संक्रमण हुनेमा भारत रुसलाई उछिन्दै बन्यो तेस्रो • Image Khabar Image Khabar


कोरोना संक्रमण हुनेमा भारत रुसलाई उछिन्दै बन्यो तेस्रो


Imagekhabar
२२ असार २०७७, सोमबार ११:२५

कोरोना संक्रमण हुनेमा भारत रुसलाई उछिन्दै बन्यो तेस्रो

काठमाडौं । भारत विश्वका सबैभन्दा बढी कोरोना भाइरस संक्रमण हुने मुलुकहरु मध्ये तेस्रो नम्बरमा परेको छ ।

आइतबार साँझसम्ममा ६ लाख ९० हजार ३९६ जनामा संक्रमण पुष्टि भएसँगै रुसलाई पछि पार्दै भारत तेस्रो नम्बरमा उक्लिएको हो । । भारतमा १ जुनदेखि लकडाउनलाई खुकुलो पारिएसँगै संक्रमणमा तीव्र वृद्धि भइरहेको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमण हुने मुलुकमा पहिलो नम्बरमा अमेरिका र दोस्रोमा ब्राजिल छन् । रुसमा आइतबार साँझसम्म संक्रमितको संख्या ६ लाख ८० हजार २८३ रहेको छ ।

भारतमा पछिल्लो एक दिनमा मात्र करिब पच्चीस हजार कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।

भारतका ३६ वटा राज्य तथा केन्द्र शासित प्रदेशहरुमध्ये संक्रमितको संख्या सबैभन्दा उच्च रहनेमा महाराष्ट्र, तमिलनाडु र दिल्ली छन् । हालसम्म १९ हजार २६८ जनाले ज्यान गुमाएका छन् ।
भारतमा संक्रमितहरुमध्ये ४ लाखभन्दा बढी उपचारपछि निको समेत भइसकेका छन् ।(एजेन्सी)

प्रतिक्रिया दिनुहोस्