
काठमाडौं । मेलम्ची खानेपानी आयोजनाले विधिवत रुपमा आज सुरुङ परीक्षणका लागि पानी काठमाडौं पठाएको छ । सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले मेलम्ची खानेपानी आयोजनाको मुहानमै पुगेर स्विच थिचेर पानी सुरुङमा पठाएका हुन् । ढकालका अनुसार सुरुङको परीक्षणका लागि आज पानी पठाइएको हो ।
उक्त पानी सुरुङको अवस्था ठीक भएमा केही दिनभित्र काठमाडौं पुग्ने प्रजिअ ढकालले बताए । मेलम्चीबाट काठमाडौँको सुन्दरीजलसम्म करिब २७ किलोमिटरको दूरी छ ।
सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य चालू आर्थिक वर्षभित्र सम्पन्न गरी आगामी आर्थिक वर्षको सुरुमै काठमाडौँ उपत्यकामा पानी वितरण गर्ने जनाएको छ ।
उक्त कुराको औपचारिक रुपमा मेलम्ची खानेपानी आयोजनाले पत्रकार सम्मेलनमार्फत आज अपरान्ह जानकारी दिदैछ ।
प्रतिक्रिया दिनुहोस्