सलहले बासस्थान बनाउँदा किसान हैरान, थाल ठटाउँदा र आगो बाल्दा पनि अटेर • Image Khabar Image Khabar


सलहले बासस्थान बनाउँदा किसान हैरान, थाल ठटाउँदा र आगो बाल्दा पनि अटेर


Imagekhabar
२० असार २०७७, शनिबार १२:३०

सलहले बासस्थान बनाउँदा किसान हैरान, थाल ठटाउँदा र आगो बाल्दा पनि अटेर

अर्घाखाँची । अर्घाखाँचीमा सलहले आफ्नो बाँसस्थान बनाउन थालेपछि स्थानीयहरु हैरान भएका छन् ।

केही दिनअघि थाल ठटाउँदै आगो बालेर सलह धपाए पनि सलहले आफ्नो ठाउँ नछाडेपछि किसानहरु हैरान भएका हुन् ।

अहिलेसम्म सन्धिखर्क नगरपालिका, शितगंगा नगरपालिका, भूमिकास्थान नगरपालिका, छत्रदेव गाउँपालिका, मालारानी गाउँपालिका र पाणिनी गाउँपालिका सबैतिर सलह देखिएको छ ।

सलहले किसानले लगाएको मकैबाली पूर्णरुपमा क्षति पुर्‍याएको छ । यस्तै छत्रदेव गाउँपालिका लगायतका क्षेत्रमा पनि सलहले बढी क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्र अर्घाखाँचीका प्रमुख देवेशकुमार मिश्रले जानकारी दिनुभयो ।

अर्घाखाँचीको २ सय हेक्टर क्षेत्रफलमा रहेको मकैलगायतका अन्य बालीमा क्षति पुगेको कृषि कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्