पाकिस्तानमा रेल र भ्यान ठोकिदा १९ जनाको मृत्यु • Image Khabar Image Khabar


पाकिस्तानमा रेल र भ्यान ठोकिदा १९ जनाको मृत्यु


Imagekhabar
१९ असार २०७७, शुक्रबार १९:१६

पाकिस्तानमा रेल र भ्यान ठोकिदा १९ जनाको मृत्यु

काडमाडौं, असार १९ । पाकिस्तानमा शिख धर्मावलम्बीहरु बोकेको भ्यान र रेल एक आपसमा ठोकिंदा १९ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको पन्जाव राज्य नजिकै लाहोर एक्सपे्रस रेल र शिख धर्मावलम्बीहरु चढेको भ्यान एक आपसमा ठोकिएर भएको दुर्घटनामा ८ जना घाइते भएका छन् ।

भ्यानमा सवारहरु कराचींबाट नानकाना क्षेत्र जाँदै गरेको पाकिस्तानी अधिकारीहरुले बताएका छन् ।

२५ जना सवार भ्यानले टेन आउने बाटोको ढोका बन्द रहेको अवस्थामा बाटो पार गर्न खोज्दा ढोका खुलेपछी ट्रेनसंग ठोक्किएको हो ।

मारिनेमा अधिकांश महिलाहरु रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्