२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पठनपाठन नभएको अवधिको शुल्क लिएको भन्दै विद्यालयमा तालाबन्दी


0
Shares

झापा । झापामा पठनपाठन नभएको अवधिको पनि शुल्क लिने विद्यालयहरुमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेका छन् ।

बिर्तामोडका एक दर्जन बढी विद्यालयले बन्द रहेको समयको पनि मासिक शुल्क उठाउन थालेपछि अनेरास्ववियू र नेविसंका विद्यार्थीहरुले लकडाउनको अवधिको कुनै पनि शुल्क लिन नपाउने भन्दै संयुक्त रुपमा तालाबन्दी गरेका हुन् ।

उनीहरुले कक्षा सञ्चालन नभएको अवधिको शुल्क लिए कडा कारवाही गर्ने चेतावनी समेत दिएका छन् ।

सरकारले लकडाउनको अवधिको शुल्क लिन नपाउने निर्णय गरेपनि विद्यालयले मासिक शुल्क उठाउन थालेपछि अभिभावकहरु समेत विरोधमा उत्रिएका छन् ।