Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


पञ्चेश्वरमा सशस्त्रको बिओपी स्थापना


13
Shares

बैतडी, असार १७ । बैतडीको पञ्चेश्वर गाउँपालिका–१ रोलघाटमा सशस्त्र प्रहरीको सीमा निगरानी चौकी (बिओपी) स्थापना भएको छ ।

रोलघाटमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको सुरक्षार्थ स्थापना गरिएको पोेष्टलाई नै बिओपीमा रुपान्तरण गरिएको सशस्त्र प्रहरीको नम्बर ५१ गुल्म बैतडीका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सुदूरपश्चिम सशस्त्र प्रहरी नायव महानिरीक्षक हरिशंकर बुढाथाकीले बिओपीले सीमा सुरक्षाका लागि चौबिसै घण्टा सुरक्षा दिने, सबैखाले सीमा अपराधिक क्रियाकलाप नियन्त्रण हुनुका साथै राजस्व चुहावट नियन्त्रण गर्ने बताउनुभयो ।

बिओपीमा सशस्त्र प्रहरी निरिक्षकको नेतृत्वमा ३५ जनाको टोली रहने जनाइएको छ । यसअघि बैतडीको झुलाघाटमा पनि गत जेठ १० गते बिओपी स्थापना गरिएको थियो ।

बैतडीमा भारतसँग सीमा जोडिएको ६१ किलोमिटर क्षेत्र रहेको छ ।

हाल सीमामा देशभरी १ सय २९ बिओपी रहेका छन् भने सरकारले भारतसँग सीमा जोडिएका क्षेत्रमा पाँच सय पु¥याउने तयारी गरेको छ ।

नेपालतर्फको सीमा नाकामा भारतको ५ सय ३० बिओपी रहेका छन् ।

नेपाल सरकारले पनि सोहि अनुपातमा बिओपी थप्ने तयारी गरेको हो ।