लकडाउनको बेवस्ता गर्दै किसानहरु धान रोप्न ब्यस्त • Image Khabar Image Khabar


लकडाउनको बेवस्ता गर्दै किसानहरु धान रोप्न ब्यस्त


Imagekhabar
१५ असार २०७७, सोमबार १६:२७

लकडाउनको बेवस्ता गर्दै किसानहरु धान रोप्न ब्यस्त

प्रदिप पौडेल (पोखरा) र भरत शर्मा (पाल्पा)
असार १५ । पोखराका किसानलाई पनि धान रोप्ने चटारोले छपक्कै छोपेको छ ।

लकडाउनको बेवस्ता गर्दै पोखरका किसानहरु धान रोप्न ब्यस्त छन् । त्यसैगरी पाल्पामा पनि रोपाँईको आफ्नै रोनक छ ।

लकडाउनको प्रवाहलाई बेवास्ता गर्दे पोखरेली किसानहरु पनि रोपाँईमा व्यस्त हुन थालेकाछन् । पछिल्लो समय धान फल्ने खेतीयोग्य जमिन थपिँदै गएको छ । खेतीयोग्य जमिन थपिँएसँगै धानको उत्पादन पनि बढ्दै गएको छ ।

गण्डकी प्रदेशको भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लामो समयदेखि बाँझिएको खेतीयोग्य जमिनमा अहिले कृषिकर्म हुँदै जाँदा धान लगायतका बालिको उत्पादन बढ्दै गएको जनाएको छ । मौसमले साथ दिएको र सिंचाई लगायतका सुविधा थपिँदा पनि कृषि उत्पादन बढेको मन्त्रालयको भनाई छ ।

यता किसानहरु समेत समयमै बर्षा भएका कारण आफ्नो दुखलाई भुल्दै रोपाईमाम तल्लीन हुन थालेकाछन् ।

गण्डकी प्रदेशमा अघिल्लो वर्षको तुलनामा ४ हजार ६ सय ६४ हेक्टर क्षेत्रफल थपिएर १ लाख २७ हजार ४सय ८ हेक्टर क्षेत्रफल पुगेको छ । उत्पादन पनि अघिल्लो वर्ष भन्दा बढेर ४ लाख ५९ हजार ८ सय ७३ मेट्रिक टन पुगेको छ ।

मन्त्रालयको खाद्य सुरक्षा तथा कृषि व्यावसाय प्रवद्र्धन महाशाखाका बालिविकास अधिकृत अमृत रेग्मीले प्रदेशमा पछिल्लो समय धान खेतीका लागि क्षेत्रफल, उत्पादन र उत्पादकत्वमा वृद्धि हुँदै गइरहेको बताउनुभयो ।

यो बर्ष बेलैमा र नियमित वर्षा हुँदा धान रोप्न सहज भएको छ । पोखराका बिरौटा, फेवा, शिशुवा, ठुलीबेसी लगायतका धान फल्ने फाँटमा रोपाई सुरु भईसकेको छ । यहाँको करिब ४० प्रतिशत खेतमा अझै पनि जेठोबुढो भनेर परिचित धानको खेती हुने गरेको छ ।

यता पाल्पामा पनि असारको दोस्रो हप्ता सम्म फूर्सदिला भेटिने अधिकांस कृषकहरु यस वर्ष भने असार सुरुभए संगै धान रोप्न व्यस्तभएका छन् । विगतका वर्षहरुको तुलनामा यस वर्ष मन्सुनी वर्षाद समयमै हुनु, कृषि मञ्दुरको समस्यानहुनु, कृर्षकहरुले परम्परागत रुपमा प्रयोग गर्दे आएको गोरुका विकल्पमा आधुनिक कृषियन्त्रको प्रयोग गर्नु जस्ता कारणले गर्दा यस वर्ष कृषकहरु असारको पहिलो हप्तावाटै रोपाईमा व्यस्त भएकाहुन् ।

जिल्लाको दोस्रो मुख्यवालीको रुपमा रहेको धान कूल क्षेत्रफलको ९ हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा जिल्लाको माडी,रामपुर ,कचल, अर्गली, सर्देवा,लगुवाका फाँटहरुमा खेती गरिदै आएको छ ।

विगतका वर्षहरुमा साउनको अन्तिमहप्ता सम्म धान रोपाई गर्ने कृषकहरु यस वर्ष मौसम र परिस्थीतीले सहयोग पुर्याएकाकारण असार महिना भरिमा रोपाई सकिने वताउछन् ।
अन्न भण्डारको रुममा चिनिने यस क्षेत्रका फाँटहरुमा सरकारले सिचाँइको दिर्घकालिन व्यवस्था गर्नु पर्ने देखिन्छ ।

जिल्लालाई चामलमा आत्मनिर्भर बनाउनकालागी ठुला ठुलासिचाँई आयोजना सम्पन्नगर्न प्रदेश, संघीय सरकारको ध्यानजान जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्