इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड • Image Khabar Image Khabar


इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड


Imagekhabar
१५ असार २०७७, सोमबार ०९:५०

इलामका स्थानीय तहको बजेटमा कृषि र स्वास्थ्यलाई जोड

-प्रकाश नेपाल/ईमेज
इलाम । आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माण गर्दा इलामका स्थानीय तहले कृषि र स्वास्थ्यलाई प्राथमिकतामा राखेका छन् ।

सडक, खानेपानी र पूर्वाधारलाई प्राथमिकता दिँदै आएका स्थानीय तहले बजेटमा कृषि र स्वास्थ्यलाई जोड दिएका हुन् ।

पूर्वाधार र पर्यटन उद्योगलाई प्राथमिकता दिएको इलामका स्थानीय तहहरुले आगामी आर्थिक बर्षको बजेटमा प्राथमिकताहरु परिवर्तन गरेका छन् ।

सदरमुकामा पर्ने इलाम नगरपालिकाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा कृषि र स्वास्थ्य क्षेत्र प्राथमिता दिएको छ ।

कोरोना भाइरसले अर्थतन्त्र कमजोर भएपछि श्रममा आधारित रोजगारी सिर्जना गर्न कृषि क्षेत्रमा प्राथमिकताका साथ बजेट विनियोजन गरिएको नगर प्रमुख महेश बस्नेतको भनाई छ ।

उता चुलाचुली गाउँपालिकाको प्राथमिकतामा पनि कृषि क्षेत्र नै छ । चुलाचुली गाउँपालिमा बसोबास गर्नेको मुख्य पेशा कृषि रहेकाले कृषिमा आधुनिकीकरण गर्ने योजनामा गाउँपालिका रहेको प्रमुख प्रसाशकिय अधिकृत काजिमान राइको भनाई छ ।

यस्तै पर्यटकियनगरी सुर्योदय नगरपालिकाले आर्थिक वर्ष ०७७/७८ को लागि १ अर्ब १७ करोड १० लाख ३८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ भने यसले पनि कृषिलाई मुख्य प्राथमिकतामा राखेको छ ।

माईजोगमाई गाउँपालिकाले ४५ करोड बढीको बजेट विनियोजन गरेको छ भने गाउँपालिकाले विश्वव्यापी रुपमा फैलिएको महामारी कोभिड १९ नियन्त्रण तथा सोबाट उत्पन्न हुने सक्ने समस्या समाधानका लागि बजेटमा प्राथामिकता दिएको छ ।

उता माई नगरपालिका,देउमाइ नगरपालिका,माङसेबुङ्ग गाँउपालिका, फाकफोकथुम गाँउपालिका,रोङ्ग गाउँपालिका र सन्दकपुर गाँउपालिकाले पनि कृषि क्षेत्रलाई नै जोड दिएका छन् ।

अघिल्ला आर्थिक वर्षमा सडक र पूर्वाधारका योजनालाई प्राथमिकता दिएका स्थानीय तहले आगामि आर्थिक वर्षमा कृषि, स्वास्थ्य, शिक्षा र श्रममा आधारीत रोजगारलाई प्राथमितामा राखेका हुन् ।

वैदेशीक रोजगारबाट फर्केनेको संख्या अधिक हुने भएकाले उनीहरुलाई रोजगारी डो¥याउन सक्ने योजनाप्रति स्थानीय तहको प्राथमिकता रहेको जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालको भनाई छ ।

चारनगरपालिका र ६ गाउँपालिका गरी दश पालिका रहेको इलाममा सबै पालिकाहरुले आर्थिक वर्ष २०७७/०७८ को बजेट निर्माण कार्यलाई पुर्णता दिएका छन् ।

स्थानीय तहले खाद्यान्न बाली र नगदेवाली उत्पादनमा वृद्धि गर्न किसान लक्षित योजना बजेटमा समेटेका छन् ।

प्रतिक्रिया दिनुहोस्