
काठमाडौं । स्पेनिस लिग फुटबलमा रियाल मड्रिडले शिर्ष स्थानको पकड बलियो पारेको छ । गएराति भएको खेलमा पुछारको क्लब इस्पानियोलमाथि १–० को संघर्षपूर्ण जित निकाल्दै रियाल मड्रिड शीर्ष स्थानमा फर्किएको हो ।
अवे मैदानमा निकालेको यो जितसँगै रियाल मड्रिडले दोस्रो स्थानमा झरेको बार्सिलोनासँग २ अंकको दुरी कायम गरेको छ । इस्पानियोलविरुद्धको खेलमा रियाल मड्रिडलाई विजयी गराउन ब्राजिलियन खेलाडी कासेमिरोले निर्णायक गोल गरे । जितपछि रियाल मड्रिडको ३२ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको बार्सिलोनाको समान खेलबाट ६९ अंक छ ।
लिगमा ६ खेल मात्रै बाँकी रहेको अवस्थामा रियाल मड्रिडले सदाबहार प्रतिद्धन्दी बार्सिलोनासँग महत्वपूर्ण अग्रता लिएको छ । रियाल मड्रिड सन् २०१२ यता पहिलो पटक ला लिगाको उपाधि खोजीरहेको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्