२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


विदेशमा अलपत्र परेका ११ हजार बढी नेपालीको उद्धार


0
Shares

काठमाडौं, असार १४ । कोरोना भाइरसको संक्रमणका कारण विदेशमा मृत्यु हुनेको संख्या यो साता शून्यमा झरेको छ ।

अघिल्लो सातासम्म १३ देशमा १ सय ३० जना नेपालीको कोरोनाका कारणले ज्यान गएको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार यो साता विदेशमा १८ हजार ७ सय भन्दा बढी नेपालीहरु कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

संघ अन्तर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार हालसम्म विदेशमा रहेका २६ हजार २ सय २७ जना नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

मध्यपूर्वका देशमा विगत दुई सातामा मात्र ८ हजार भन्दा बढी नेपालीमा संक्रमण थपिएको स्वास्थ्य समितिले जनाएको छ ।

हालसम्म विदेशमा समस्यामा परेका ११ हजार ३ सय ७१ नेपालीलाई स्वदेश फर्काइएको पनि संघले जनाएको छ ।

विदेशमा विभिन्न कारण ज्यान गुमाएका तर लकडाउनका कारण नेपाल ल्याउन नपाएका ८७ वटा शव नेपाल ल्याइएको पनि संघले जनाएको छ ।