२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


सलहको जोखिम बढ्यो : कृषि मन्त्रालय


0
Shares

काठमाडौं, असार १४ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले नेपालमा हालसम्म भित्रिएका सलहले कुनै ठुलो क्षति नगरे पनि ठूलो झुण्डमा सलह आउने जोखिम भने बढेको जनाएको छ ।

नेपाल भित्रिएका सलहले हालसम्म कुनै ठूलो नोक्सानी नगरे पनि भारतबाट ठुलो झुण्डमा नेपाल आउँदै गरेकाले जोखिम भने बढेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आइतबार पत्रकार सम्मेलन गरी हालसम्म नेपाल आएका सलहले बुटवलको सैनामैना क्षेत्रका मकैमा सामान्य क्षति पुर्याए बाहेक अन्यत्र यसले पारेको क्षतिको कुनै विवरण प्राप्त नभएको जानकारी दिएको छ ।

पछिल्लो समय भारतको राजस्थानबाट सलहको ठूलो झुन्ड दिल्लीतर्फ अघि बढेको सूचना प्राप्त भएकाले नेपालमा अझै ठुलो संख्यामा आउन सक्ने सम्भावना देखिएको मन्त्रालयले जनाएको छ ।