काठेखोला गाउँपालिका ‘सिल’ • Image Khabar Image Khabar


काठेखोला गाउँपालिका ‘सिल’


Imagekhabar
१४ असार २०७७, आईतवार १८:४८

काठेखोला गाउँपालिका ‘सिल’

बागलुङ, असार १४ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बागलुङको काठेखोला गाउँपालिका एक हप्ताका लागि ‘सिल’ गरिएको छ ।

बिहुँस्थित अमर मावि ‘क्वारेन्टिन’का भान्से र सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएपछि आइतबार राति १२ बजेदेखि असार २० गतेसम्म सिल गर्ने निर्णय गरिएको हो ।

बैठकले दूध, एम्बुलेन्स, सुरक्षाकर्मी तथा निर्माणको सवारीबाहेक अन्य सवारी सञ्चालनमा रोक लगाउने जनाएको छ ।

जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सुरक्षकर्मीबाहेक अन्यलाई हिँड्डुलमा समेत बन्देज लगाइएको छ ।

गाउँपालिकामा हालसम्म २६ जनामा कोरोना ‘पोजिटिभ’ देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्