शेयर कारोबार सोमबारदेखि खुल्ने, सुरक्षाका सबै नियम पालना गर्न निर्देशन • Image Khabar Image Khabar


शेयर कारोबार सोमबारदेखि खुल्ने, सुरक्षाका सबै नियम पालना गर्न निर्देशन


Imagekhabar
१४ असार २०७७, आईतवार १८:५४

शेयर कारोबार सोमबारदेखि खुल्ने, सुरक्षाका सबै नियम पालना गर्न निर्देशन

काठमाडौं, असार १४ । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि शेयर बजार खुला गर्ने भएको छ । आइतबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले आवश्यक सुरक्षा उपाय अपनाएर असार १५ गतेदेखि धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालन गर्ने निर्णय गरेको हो ।

कोरोना महामारीका कारण लकडाउन शुरु भएसँगै गत चैत ११ गतेदेखि बन्द भएको शेयर बजार वैशाख २ गते खुले पनि दुई दिनको कारोबारमा नकारात्मक सर्किट लगाउनु परेपछि फेरि बन्द गरिएको थियो ।

सुरक्षाका उपाय अपनाएर बजार खोल्ने निर्णय गरिएको धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले जानकारी दिएका हुन् । शेयर ट्रान्सफर र रकम ट्रान्सफर गर्दा विद्युतीय माध्यमको प्रयोग गर्न पनि आग्रह गरिएको छ । यसअघि बोर्डले जारी गरेको कोभिड–१९ सुरक्षाका उपाय पालना गर्न पनि बोर्डले सम्झाएको छ ।

बोर्डले नियमित कारोबार सञ्चालनका लागि कारोबार समय, सर्किट ब्रेक र मूल्य सीमासम्बन्धी व्यवस्था छिट्टै गरिने पनि जनाएको छ ।

ब्रोकरहरुले पनि घरबाटै शेयर कारोबार गर्न सक्ने व्यवस्था मिलाएको भन्दै सकेसम्म घरबाटै कारोबार गर्न प्रोत्साहन गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्