
काठमाडौं, असार १४ । राष्ट्रिय सरोकार तथा समन्वयन समितिले पशुपत्ति क्षेत्रमा रहेका व्यवसायीक भवन र जग्गाको भाडा समयानुकुल व्यवस्थित गर्न पशुपत्ति क्षेत्र विकास कोषलाई सुझाव दिएको छ ।
विकास कोषको नाममा रहको २ सय ६५ रोपनी जग्गा व्यवसायीक भवन बन्नुका साथै व्यक्तिका नाममा समेत रहेको र ती भवनबाट न्युन भाडा उठाएकोले समयानुकुल भाडा वृद्धि गर्नेगरी सुझाव समितिले दिएको हो ।
वि.स. २०७६ भदौमा पशुपत्ति क्षेत्र विकास कोषबारे अध्ययन गर्न राष्ट्रिय सरोकार समितिले उपसमिति बनाएको थियो ।
उपसमितिको प्रतिवेदन अनुसार पशुपत्ति क्षेत्र विकास कोषको नाममा रहेको जग्गा व्यक्तिगत र व्यवसायीक प्रयोजनका लागि प्रयोग हुनुका साथै ताम्रेश्वर अतिक्रमण भइसकेको, कुल ५ सय १८ मध्ये ४ सय ६१ मात्रै सम्पदाहरुल देखिएको र उचित संरक्षण पनि हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
पशुपत्तिका मुल भट्टले सपथ खाने ११ शिवलिङ्ग मध्ये १ शिवलिङ्ग मानिसको घरैभित्र रहेको र संरक्षण समेत हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।
यस्तै अव्यवस्थित शहरीकरण र समन्वयको अभावका मन्दिरको वास्तविक रुपमा पुर्ननिर्माण नहुनुका साथै त्रिभुवन अन्तरष्ट्रिय विमानस्थलको विस्तारका क्रममा पशुपत्ति क्षेत्रको संवेदनशिलतालाई समेत विचार गरि जग्गा व्यवस्थापन गर्नुपर्ने सुझाव उपसमितिले दिएको छ ।
समिति बैठकमा भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्यालले पशुपत्ति क्षेत्रको जग्गा राज्य गुठीको नाममा रहेकाले राज्यको पनि अधिकार नहुने र अरुले प्रयोग गर्न नपाउने बताउनुभयो ।
उहाँले गुठी जग्गामा पर्यटन मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयको समेत दोहोरी चल्न थालेको भएपनि गुठीको जग्गामा कसैको अधिकार नहुने स्पष्टपार्नुभयो ।
समिति सदस्य खिमलाल देवकोटाले गुठीको जग्गामा एक इन्च पनि जग्गा मिच्ने अधिकार कसैलाई पनि नरहेको भन्दै कहाँ कहाँ जग्गा मिचिएको छ सो स्पष्ट रुपमा ल्याउनुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्