कोरोना महामारीकै बीच जर्मन बुन्डेस लिगा सकियो • Image Khabar Image Khabar


कोरोना महामारीकै बीच जर्मन बुन्डेस लिगा सकियो


Imagekhabar
१४ असार २०७७, आईतवार ०९:१७

कोरोना महामारीकै बीच जर्मन बुन्डेस लिगा सकियो

काठमाडौं । यो सिजनको जर्मन बुन्डेस लिगा सकिएको छ । कोरोना भाइरसको महामारीका कारण तीन महिना रोकिएको लिग सबैभन्दा पहिला सुरु गर्ने मुलुक जर्मनी थियो । उसले नैं सबैभन्दा पहिला लिग सकाएको हो । जर्मनीको शिर्ष डिभिजनमा १८ वटा क्लबहरु रहेका छन् ।

त्यसैले युरोपका अन्य देशहरुमा एक सिजनमा ३८ चरणका खेल हुँदा जर्मनीमा ३४ चरणका खेलहरु मात्रै हुने गर्दछ । गएराति बुण्डेस लिगामा यो सिजनका अन्तिम अर्थात ३४ औँ चरणका खेल भए ।

दुई खेल अघि नै उपाधि जितिसकेको च्याम्पियन बार्यन म्युनिखले अन्तिम खेलमा वुल्फबर्गमाथि ४–० को प्रभावशाली जित निकाल्यो । यो जितसँगै बायर्नले सिजनमा एक सय गोल पनि पुरा ग¥यो । दोस्रो स्थानको बोरुसिया डर्टमुण्ड भने अन्तिम खेलमा होफेनहाइमसँग ४–० ले पराजित भयो ।

उपाधि विजेता बार्यनले ८२ तथा दोस्रो स्थानको डर्टमण्डले ६९ अंक जोडेका छन् । यसपटक बायर्न र डर्टमण्डसँगै आर.बी लेप्जीग र बोरुसिया एम्ब्याच पनि च्याम्पियन्स लिगका लागि छनौट भएका छन् । एस.सी पाडेर्बर्न र फोर्चुना डुसेलडर्फ रेलीगेशनमा झर्दा वेडर ब्रेमेनले रेलीगेशनबाट जोगिन प्ले–अफ् खेल्नुपर्ने भएको छ ।एजेन्सी

प्रतिक्रिया दिनुहोस्