
प्रदीप पौडेल (इमेज)
पोखरा, असार १३ । गण्डकी प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
योसँगै प्रदेशमा कुल संक्रमितको संख्या ८५४ पुगेको छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै कास्की, स्याङ्जा र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा गरी थप १६ जनामा संक्रमण देखिएको पुष्टि गरेको हो ।
जसमा कास्कीको पोखरा महानगरपालिकाका पाँचजना महिलामा संक्रमण देखिएको छ । उनीहरुको उमेर ३० देखि ४० वर्षसम्म रहेको जनाइएको छ ।
उता, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को देवचुली नगरपालिकाका तीन पुरुष र तीन महिला गरी छजनामा कोरोना देखिएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको ‘पीसीआर’ परीक्षणमा कास्की र नवलपरासी (बर्दघाट सुस्ता पूर्व)का उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा स्याङ्जाको भीरकोट र गल्याङ नगरपालिकाका पाँचजना पुरुषमा कोरोना देखिएको छ ।
प्रदेशमा कुल संक्रमितमध्ये स्याङ्जाका दुईजना पुरुषको मृत्यु भइसकेको छ । १२१ जना निको भइ ‘डिस्चार्ज’ भएका छन् ।
प्रतिक्रिया दिनुहोस्