२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


लिभरपुलले उपाधि जितेको खुशीयाली मनाइरहेका समर्थकलाई प्रहरीले भन्यो : ‘तत्काल घर फर्कनु’


0
Shares

काठमाडौं । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको खुशीयाली मनाउन भेला भएका समर्थकलाई प्रहरीले फर्किन आग्रह गरेको छ ।

क्लबको रंगशाला क्षेत्रमा ठूलो संख्यामा भेला भएर खुशीयाली मनाइरहेका समर्थकहरुलाई स्थानीय प्रहरीले कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै फर्किन आग्रह गरेको हो ।

कोरोना भाइरसको संक्रमण फैलिन सक्ने जोखिमका बाबजुद लिभरपुलका समर्थकहरु ठूलो संख्यामा भेला भएर जितको खुशी मनाइरहेका छन् ।

उनीहरुले आतिशबाजी पनि गरेका छन् । लिग अन्तर्गत बिहीबार राति भएको खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटी चेल्सीसँग पराजित भएपछि लिभरपुलले सात खेल बाँकी हुँदै लिगको उपाधि जितेको हो ।

३० वर्षपछि क्लबले प्रमुख उपाधि जितेको खुशी मनाउन लिभरपुलका समर्थकलाई कोरोना भाइरसको महामारीको डरले रोकेको छैन ।

तर प्रहरी तथा राजनीतिज्ञले महामारीको डर अझै पनि रहेकाले घरमै बसेर खुशी मनाउन आग्रह गरेका छन् ।