१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


सुनको मूल्य घट्यो


0
Shares

काठमाडौं, असार १२ । मूल्यमा नयाँ रेकर्ड कायम गर्दै आएको सुनचाँदीको मूल्य शुक्रबार सामान्य घटेको छ ।

शुक्रबार सुन तोलामा ५ सय रुपैयाँ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबारका लागि छापावाल सुनको मूल्य तोलाको ९० हजार ६ सय रुपैयाँ कायम गरेको छ ।

बिहीबार तोलाको ९१ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

यस्तै तेजाबी सुन पनि तोलाको ९० हजार १ सय ६० तोकिएको छ ।

सुनको मूल्य तोलाको ९१ हजार १ सय रुपैयाँ पुगेर रेकर्ड कायम गरिसकेको छ ।

यस्तै चाँदीको मूल्य भने तोलामा ५ रुपैयाँले बढेर ९४० कायम भएको महासंघले जनाएको छ ।

बिहीबार तोलाको ९३५ रुपैयाँ तोकिएको थियो ।

चाँदीको मूल्य हालसम्म सबैभन्दा उच्च ९५० रुपैयाँसम्म पुगेको थियो ।