
काठमाडौं । युरोपमा कोरोना भाईरसको दोस्रो लहर सुरु भएको संकेत देखिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार पछिल्ला केही दिन युरोपमा कोरोनाबाट संक्रमित हुने र ज्यान गुमाउनेको संख्या फेरी बढ्न थालेको छ ।
संक्रमण फैलिन नदिन लागु गरिएका प्रतिबन्धहरु फुकुवा गरेसँगै संक्रमण बढेको हो । यूरोपमा पछिल्लो समय दैनिक २० हजारका दरले संक्रमित थपिएको र सात सय बढीको मृत्यु हुने गरेको देखिएको छ ।
डब्लु.एच.ओ को युरोपेली क्षेत्रभित्र पर्ने ५४ देश र सात विशेष क्षेत्रमा कोरोनाबाट हालसम्म २६ लाख संक्रमित भएका छन् भने १ लाख ९५ हजार बढीको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ९० हजार नाघेको छ ।
यसैगरी ९६ लाख ९८ हजार जनामा कोरोना भाईरसको संक्रमण पुष्टी भएको छ । ५२ लाख ५० हजारभन्दा धेरै संक्रमित उपचारपछि निको भएका छन् । एजेन्सी
प्रतिक्रिया दिनुहोस्