२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


चीनसँग कुनै पनि विवाद नरहेको नेपालको दाबी


0
Shares

काठमाडौं, असार ११ । परराष्ट्र मन्त्रालयले भने चीनसँग कुनै पनि विवाद नरहेको दाबी गरेको छ ।

मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गर्दै चीनसंग सिमा विवाद सम्बन्धि समाचारप्रति ध्यानाकर्षण भएको भन्दै नेपाल र चीनबीच सिमा विवाद नरहेको र सन् १९६१ अक्टुबर ५ को सन्धी अनुसार नै सीमा व्यवस्थापन भईरहेको जनाएको हो ।

कृषी तथा पशुपंक्षी विकास मन्त्रालयबाट जारी रिपोर्टको आधारमा समाचार प्रकाशित भएको भन्दै परराष्ट्र मन्त्रालयले उक्त रिपोर्ट नै अस्तित्वमा नरहेको दाबी पनि गरेको छ ।

३७ र ३८ नम्बरको सिमा स्तम्भ पनि नभत्किएको पनि मन्त्रालयको दाबी गरेको छ ।