
काठमाडौं । इन्द्रावती गाउँपालिकाले गाउँपालिकामा श्रम बैंकको स्थापना गरी १५ सय युवाहरुलाई रोजगार दिने भएको छ ।
गाउँपालिका अध्यक्ष स्वरोजगार कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम तथा विभिन्न संघसंस्थाको समन्वयमा गाउँपालिका भित्रका १५ सय व्यक्तिहरुलाई रोजगार दिने गाउँपालिकाको योजना छ ।
बुधबार गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै अध्यक्ष वंशलाल तामाङले एक घर एक रोजगार कार्यक्रमलाई अघि बढाएको बताउनुभयो ।
‘एक टोल एक सहकारी, घर घरमा रोजगारी’ अभियानलाई प्रभावकारी माध्यमवाट सञ्चालन गरि आगामी २ वर्ष भित्र युवाहरुलाई स्वरोजगारको व्यवस्था गर्ने गाउँपालिकाको नीति छ ।
विदेशवाट सिप सिकेर आएका र सीप र प्रविधि प्रयोग गरेर स्वदेशमानै श्रम र व्यावसाय गर्न चाहने युवाहरु लक्षित गर्दै युवा व्यवसायी प्रोत्साहन कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको योजना छ ।
‘एक विद्यालय एक स्वास्थ्यकर्मी’ कार्यक्रमलाई यो वर्ष थप तीन विद्यालयमा विस्तार गरिनेछ ।
गाउँपालिका भित्र जुनसुकै स्वास्थ्य चौकिमा प्रशुती सेवाका लागि निः शुल्क एम्बुलेन्सको ब्यवस्था गर्ने गाउँपालिकाको योजना छ ।
ईन्द्रावती गाउँपालिकाको सम्पूर्ण वडामा सडक पहुँच विस्तार गर्नाका साथै वडा देखि गाउँपालिका केन्द्र र एक वडा देखि अन्य वडाको सडक संजाललाई जोड्ने र ईन्द्रावती चक्रपथ निर्माणलाई निरन्तरता दिने गाउँपालिकाको निति छ ।
सबै वडा कार्यालय तथा स्वास्थ्य चौकी, विद्यालयहरुमा विद्युत तथा ईन्टरनेटको पहुँच पुर्याइने छ । इन्द्रावतीले कृषिलाई व्यवसायिक बनाउने नीति लिएको छ ।
विक्री वितरणका लागि कृषि संकलन केन्द्र तथा एक वडा एक हाट बजार, ‘एक घर पाँच फलफुल विरुवा, एक घर एक करेसाबारी’को विकास गर्ने गाउँपालिकाको कार्यक्रम छ ।
स्थानीय रैथाने उत्पादनलाई व्यवसायिक बनाउन पकेट क्षेत्र तोकि त्यसको प्रवद्र्धनमा प्रोत्साहन गरिनेछ ।
गाउँपालिकामा ५ सय मेट्रिक छन क्षमताको शित भण्डारको निर्माणलाई पूर्णता दिइनेछ ।
खाली रहेको जमिनलाई प्रयोग गर्न ‘भूमि बैंक’को स्थापना गरिने छ । एक वडा एक खेदकुद मैदान कार्यक्रमलाई पनि अघि सारिएको छ ।
प्रतिक्रिया दिनुहोस्