२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


बैंकको ब्याज र करमा छुट दिनुपर्ने माग


0
Shares

विराटनगर, असार १० । मोरङ चेम्बर अफ कमर्सले उद्योग तथा ठुला व्यापारीहरुलाई लकडाउन अवधिभरको बैंक ब्याज र करमा छुट दिनुपर्ने माग गरेको छ ।

हालै जारी भएको संघ तथा प्रदेशको बजेटका विषयमा अवधारणा सार्वजनिक गर्ने कार्यक्रममाझ चेम्बरले यस्तो अवधारणा अघि सारेको हो ।

कार्यक्रममा अवधारणा प्रस्तुत गनुहुदै मोरङ चेम्बर अफ कमर्सका अध्यक्ष सुरेशमान श्रेष्ठले साना उद्योगी तथा साना व्यापारीहरुलाई बैंक ब्याज र करमा छुटका साथै ५ लाखसम्मको ऋण मिनाहाको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उहाँले कृषकलाई समेत बैंक ब्याज र करमा छुटका साथै साना किसानबाट लिएको ऋण मिनाहाको ब्यवस्था गनुपर्ने लगायतका माग राख्नुभयो ।

सरकारी निकायहुरुलाई समेत दुस्त राख्न नसकिरहेको अवस्थामा निजी क्षेत्रमा पनि अनुगमन गर्ने गरी अख्तियारलाई अधिकार दिने गरी विधेयक ल्याउनु देशका सम्पुर्ण उद्योगी व्यवसायी त्रासमा रहेको संघको भनाइ छ ।