२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


बैतडी सदरमुकाम असार १६ गतेसम्मका लागि सिल


0
Shares

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्र आजदेखि सिल गरिने भएको छ ।

नगरपालिकामा कोरोना संक्रमित बढ्दै जान थालेपछि नगरपालिकालाई सिल गर्न लागिएको दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्र सिंह थापाले जानकारी दिए ।

लकडाउन खुकुलो भएको अवस्थामा नगरक्षेत्रमा भिडभाड बढेर संक्रमणको जोखिम बढेको भन्दै आजदेखि असार १६ गतेसम्मका लागि नगरपालिका सिल गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सूचना जारी गर्दै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु सबै बन्द हुने जनाईएको छ ।