
बेइजिङ, असार २९ । चीनको सिचुवान प्रान्तमा रहेको एक औद्योगिक पार्कमा विस्फोट हुँदा १९ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते छन् ।
चिनियाँ सरकारी समाचार संस्था सिह्न्वाका अनुसार यिविन हेन्दा टेक्नोलोजीले सञ्चालन गरेको रसायनिक भट्टी विस्फोट भएको हो । विस्फोट के कारणले भयो भन्ने खुलाइएको छैन ।
विष्फोटपछि ठूलो आगलागी भएको र आकाशमा धुँवाको मुस्लो फैलिएको तस्वीरहरुमा देखिएको छ ।
यसलाई सन् २०१५ पछिको ठूलो विस्फोट मानिएको छ । सन् २०१५ मा उत्तर–पूर्वी बन्दरगाह शहरका रुपमा चिनिने तियाङजिङको रसायनिक गोदाममा आगलागी हुँदा १२५ जनाको मृत्यु भएको थियो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्