
जनकपुर, असार ९ । नागरिकता विधेयकको विरोधमा जनता समाजवादी पार्टीका नेता कार्यकर्ताले जनकपुरमा विरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले नागरिकता सम्बन्धी ऐन २०६३ लाई नै कायम गर्नुपर्ने माग गरेका छन् ।
सरकाले ल्याउन लागेको नागरिकता विधेयकमा रहेका प्रावधान आफूहरुलाई कुनै हालतमा पनि मान्य नहुने भन्दै जनता समाजवादी पार्टीले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनीहरुले नेपाल भारतबीचको आपसी भाइ चाराको सम्बन्धलाई आउँदै गरेको नागरिकता विधेयकले खलल पार्ने भएकाले खारेज गर्न माग गरेका छन् ।
विरोध कार्यक्रममा जसपाका केन्द्रीय नेताहरुको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्