
तनहुँ, असार ९ । पहिरोले अवरुद्ध भएको पृथ्वी राजमार्ग सात घण्टा पछि सुचारु भएको छ ।
सोमबार परेको अविरल वर्षाका कारण तनहुँको आँबुखैरेनी गाउँपालिका स्थित ऐना पहरामा पहिरो खस्दा मंगलबार राजमार्ग अवरुद्ध भएको थियो ।
पहिरोका कारण चितवन, पोखरा र काठमाडौं जाने सवारीसाधन घण्टौं जाममा परेका थिए ।
छोटा तथा लामो दुरीका सवारीसाधन जाममा परेपछि दुई वटा डोजर प्रयोग गरी पहिरो हटाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।
मंगलबार बिहान करिव साढे ६ बजेदेखि अवरुद्ध राजमार्ग करिब दुई घण्टा लगाएर पहिरो हटाइएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्