
बागलुङ, असार ९ । बागलुङ निसीखोलाका स्थानीय यतिबेला लेक जान व्यस्त छन् ।
घुम्ती बसाइँ गर्ने निसीखोला गाउँपालिका–५ र ६ का स्थानीय एक वर्षमा दुई स्थानमा बस्ने गर्छन् ।
घुम्ती बसाइँ गर्ने यहाँका अधिकांश स्थानीय वर्षायाम सुरु भएपछि लेक र हिउँद शुरु भएपछि औल झर्ने गर्छन् ।
निसीभल्कोट क्षेत्रमा यो समयमा पशु चौपायासहित खर्च बोकेर लेक जानेहरुको बाटोमा भीड देखिन्छ ।
उनीहरु जेठ दोस्रो सातादेखि नै लेक जान्छन् भने असार २० सम्म लेक पुगेर आफ्ना दैनिकी सुरु गर्ने गर्छन् ।
लेकमा वर्षाको समयमा आलु खन्ने, स्याउ कुट्ने, पशुचौपाया चराउने र अन्य उत्पादनमा लाग्छन् भने हिउँद लाग्ने बित्तिकै औल झर्ने गर्छन् ।
निसी भल्कोटबाट निसेल ढोर पुग्न करिब दुई दिन लाग्ने स्थानीय भागविर बुढा मगर बताउनुहन्छ ।
प्रतिक्रिया दिनुहोस्