२४ जेष्ठ २०८२, शनिबार | Sat Jun 7 2025


चीनमा बनेको बिजुलीका उपकरण हटाउने उत्तर प्रदेश सरकारको निर्णय


0
Shares

काठमाडौं, असार ९ । भारतको उत्तर प्रदेश सरकारले उत्तर प्रदेशमा चीनमा बनेको बिजुलीको मिटर हटाउने निर्णय गरेको छ ।

भारत र चीनबीच सीमा विवाद जारी रहेकै बेला उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले उत्तर प्रदेशका घर–घरमा जडान गरिएको चिनियाँ मिटर हटाउन निर्देशन दिनुभएको छ ।

मुख्यमन्त्रीको निर्देशनअनुसार अब उत्तर प्रदेशका घर–घरमा लगाइएको १५ हजारथान मिटर हटाइने भएको छ ।

मिटरबाहेक चीनमा बनेका अन्य उपकरणहरु पनि हटाइने भएको छ ।

यसैबीच, हरियाणा सरकारले पनि चिनियाँ कम्पनीसँगको ठेक्का रद्द गरेको छ । हरियाणामा चिनियाँ कम्पनीका दुईवटा थर्मल पावर स्टेसनसँगको ठेक्का रद्द गरिएको छ ।

यसैबीच, भारतका केही सहरहरुमा चीनमा बनेका सामानहरु जलाइएका छन् । चीन र भारतबीचको तनावका बेला भारतीय नागरिकहरुले चिनियाँ सामानहरु जलाएका हुन् । (एजेन्सी)