३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


उदयपुरको चौदण्डीगढीमा कोरोना उपचार केन्द्र


0
Shares

उदयपुर, असार ९ । उदयपुरको चौदण्डीगढी नगरपालिकाले उपलब्ध गराएको भवनमा कोरोना भाइरस बिशेष उपचार केन्द्र सुरु भएको छ ।

प्रदेश १ का मुख्य मन्त्री शेरधन राईको अध्यक्षतामा बसेको बैंठकले चौदण्डीगढीमा उपचार केन्द्र स्थापना गर्ने निर्णय गरेको थियो ।

नगरपालिकाले शसस्त्र प्रहरी बल बेस क्याम्पका लागि निर्माण गरीएका ५ वटा भवनमासमेत २५ शैया संचालन गर्ने भएको छ ।

उपचार केन्द्रमा भारतबाट फर्किएका ५ जना रहेका छन् ।

केन्द्रमा आईसियु, भेन्टिलेटरको व्यवस्था हुन सकेको छैन भने अक्सिजन र सामान्य औषधि भने नगरपालिकाले उपलब्ध गराएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्रका दुई स्वास्थ्यकर्मीको व्यवस्थापनमा उपचार केन्द्र संचालनमा रहेको छ ।