
काठमाडौं । जापान र चीनबीच टापुको सीमा विवाद पुन बल्झिएको छ ।
जापानको ओकिनावाको एक नगरपरिषदले टापुको प्रशासनिक स्थिति परिवर्तन गर्ने बारेको विधेयक पारित गरेसँगै दुवै देशबीचको विवाद पुनः बल्झिएको हो ।
जापानको नगरपरिषदले उक्त विधेयक पारित गरेसँगै चीनले त्यस क्षेत्रमा जहाज पठाएको अन्र्तराष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
जापानको ओकिनवा प्रान्तको इशिगा सिटी काउन्सिलले जापानमा सेन्काकस र चीनमा डायओयस भनेर चिनिने टापुको प्रशासनिक स्थिति परिवर्तन गर्ने कानूनलाई अनुमोदन गरेसँगै दुवै देश विवादमा तानिएका हुन् ।
टोकियोबाट दक्षिण पश्चिममा एक हजार नौ सय ३१ किलोमिटर क्षेत्रफल रहेको उक्त टापुको विवाद सन् १९७२ बाट बढ्दै गएको हो ।
चीनले सयौं वर्ष पूरानो उक्त टापु आफ्नो क्षेत्रमा रहेको दावी गरेपनि जापानले चीनको दावी गलत भएको भन्दै आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको छ ।
चीनको विदेश मन्त्रालयले जापानको गतिविधिको विरोध गर्दै आफ्नो सार्वभौमिकताको रक्षा गर्न पछि नपर्ने चेतावनी दिएको छ । एजेन्सी
प्रतिक्रिया दिनुहोस्